प्रधानमन्त्री केपि ओलिद्वारा प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काङ्ग्रेसले बुटवलमा गर्‍यो प्रदर्शन

by समतल अनलाइन

बुटवल । प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कांग्रेसले सोमबार बुटवलमा प्रर्दशन गरेको छ । रुपन्देहीका पनि ५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन कार्यक्रम अन्र्तगत जिल्लाको क्षेत्र नम्बर दुइको बुटवलको ट्राफिक चोकमा भएको प्रदर्शनमा नेताहरुले बर्तमान सरकारले प्रतिनिधि सभा विघटन, अध्यादेशबाट संबैधानिक निकायको नियुक्ती लगायत सबै असंबैधानिक कदम भएको भन्दै त्यसलाई सच्याउन माग गरेका छन ।

अस्पताल लाईनबाट सुरु भएको विरोध प्रर्दशन अमरपथ हुँदै जेसिज चोक परिक्रममा गर्दै ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

नेपाली कांग्रेस महासमितिका सदस्य युवराज गिरीले प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रको कू गरेको बताउँनुभयो । प्रधानमन्त्रीले असबैधानिक कदम चालेको उँहाले बताउँदै जनताले सडकबाट विरोध जनाएर नै संसदको पुर्नस्थापना गर्नु पर्नेमा जोड दिनुभयो । त्यस्नै जिल्ला उपसभापति फडिन्द्र प्रसाद शर्माले नेकपा भित्र झगडाले गर्दा प्रधानमन्त्री ओलीले देशलाई संकटमा पारेको टिप्पणी गर्नुभयो । ओली विरुद्ध आम नागरिकले विरोध जनाउँदै सडकबाट नै संसदको पुर्नस्थापना गर्नु पर्नेमा जोड दिनुभयो ।

महाधिवेसन प्रतिनिधि बालकुमारी भण्डारीले कम्युनिष्टले दुई तिहाईको मत पाउँदा पनि सरकार चलाउन नसकेर प्रधानमन्त्रीले सविधान मै नभएको ब्यवस्था ल्याएर प्रतिनिधिसभा विघटन गरेको बताउँनुभयो । बुटवल नगरसमितका सभापति खेलराज पाण्डेयले दुई तिहाई आउँदा समेत काम गर्न नसक्ने कम्युनिष्टले अब के मुख देखाएर भोट भाग्न जनता समक्ष जान्छ भन्दै प्रति प्रश्न गर्नुभयो ।

नेकपाका महासचिब विष्णु प्रसाद पौडेलले अर्थमन्त्रीसँग राजधानी साटेको उँहाले आरोप छ ।

यस्तै कार्यक्रममा नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ती पौडेल, तरुण दलका जिल्ला सचिव रमेश शाही लगायतले बोल्दै बर्तमान सरकार संबिधान मिचेर अघि बढेको बताएका थिए।

आफूहरुले अदालतको निर्णय पर्खेको र त्यस अनुसार चुनावमा जान परे पनि अघि बढ्न पनि तयार रहेको बताउँनुभयो । क्षेत्रीय सभापति हरि लम्सालको सभापतित्वमा भएको सभामा अधिवक्ता महेन्द्र पाण्डेले संविधानका बुँदा बारे जानकारी दिएर सरकारले गैर संबैधानिक काम गरिरहेको उल्लेख गर्नुभयो ।

 
 
  
 

You may also like