टिम नेपोद्वारा सेनेटरी ब्याड वितरण

by समतल अनलाइन

वुटवल। टिम नेपो बुटवलले कपिलवस्तुको बिजयनगर गाउँपालिका ६ कपिलवस्तु जनचेतना तथा सेनेटरी प्याड बितरण गरेको छ । कार्यक्रमा २ सय भन्दा बढी महिलाहरूलाइ सेनेटरी प्याड बाँडिएको हाे ।

“स्वस्थ महिनावारी, हामी सबैको जिम्मेवारी ” भने नारा सहित जनचेतना तथा प्याड वितरण अभियान सुरु गरिएको अध्यक्ष सुमन पोखरेलले बताए ।टिम नेपोका लुम्बिनी प्रदेश संयोजक अशोक गौतमले अभियानलाइ निरन्तरता दिइने नागरिक अनलाइनलाइ बताए । पहिलो कार्यक्रमको सफलता पछि बिजयनगर कपिलवस्तुमा दोस्रो कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि बिजयनगर गाउँपालीकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी ,विशिष्ट अतिथीमा टिम नेपोका लुम्बिनी प्रदेश संयोजक अशोक गौतम ,गाउँपालीका सदस्य सकुन्तला भणडारी,वडा सदस्य बिण्णुकुमार यादव र जसराज बिकको उपस्थिति रहेको थियो।

कार्यक्रममा टिम नेपोको कोषाध्यक्ष शक्ति केसी ,पत्राचार आशिष खनाल सदस्य सिर्जना ज्ञवाली, प्रतिक्षा घिमीरे ,लक्ष्मी न्यापानेको लगायतकाे सहभागिता थियाे ।
टिम नेपो बुटवलकी कोषाध्यक्ष तथा कार्यक्रम संयाेजक शक्ति केसीले महिनावारी हुँदा महिलाले गर्नुपर्ने कार्य साथै प्याडलाई कसरी प्रयोग गर्ने भनेर सिकाउनुभएको थियो । साेहि अवसरमा ४ सय पिस मास्क वितरण गरिएको थियो

कार्यक्रमको संचालन टिम नेपो बुटवलको सदस्य सिर्जना ज्ञवालीले गर्नुभयाे ।

 
 
  
 

You may also like