लियो क्लब अफ बुटवलले चार्टर्ड नाईट सम्पन्न

by समतल अनलाइन

बुटवल । लियो क्लब अफ बुटवलले चार्टर्ड नाईट सप्पन्न गरेको छ। क्लब लियो ईन्टरनेसनल बाट स्वीकृत पश्चिम नेपालकै पहिलो लियो क्लव हो।

बुटवलमा एक कार्यक्रमका बिच सस्थाका अध्यक्ष हिमालय भुसालको अध्यक्षता तथा सस्थाका सस्थापक अध्यक्ष महेन्द्र नारायण श्रेष्ठ को पमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बुट्वल लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठ, लायन्स अध्यक्ष सन्जय कलवार जैसवाल ,लायनेस अध्यक्ष मिश्रा श्रेष्ठ तथा पुर्व अध्यक्ष ज्युहरु, लायन्स तथा लियो जिल्ला परिषदका महत्वपूर्ण ब्याक्तीहरुको उपस्थिति थियो।

कार्यक्रममा बक्ताहरु ले क्लबले गरेको कार्यहरुको उच्च मुल्यांकन गर्दै पुराना गतिविधिहरुको पनि स्मरण गराउनु भएको थियो। ३५ बर्ष पुरानो सस्थाको गरिमा लाई अझै फैलाउन तथा सामाजिक गतिबिधी बढाउन नेतृत्व अब्बल रहेको बताउँदै प्रमुख अतिथी महेन्द्र नारायण श्रेष्ठले आफुले स्थापना गरेको सस्था यसरी अगाडी बडिहरेको देख्दा आफै प्रफुल्लित देखिन्थे।

 
 
  
 

You may also like