सैनामैनामा पशुसेवा सहायक तालिम सम्पन्न

by समतल अनलाइन

बुटवल । कन्चनजंघा पोलिटेक्निक इन्चिच्युट , सैनामैना नगरपालिका र संयुक्त रास्ट्र संघिय शैक्षिक , वैज्ञानिक तथा सांस्कृतिक संगठनको संयुक्त आयोजनामा सैनामैनामा पशुसेवा सहायक ३९० घन्टे तालिम बुधबार सम्पन्न भएको छ ।

तालिम ब्यवस्थापन समितिका संयोजक मिन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम सैनामैना नगरपालिका नगर प्रमुख चित्र बहादुर कार्की प्रमुख अतिथि विशिष्ट अतिथि नगर उप प्रमुख बिनाराना मगर अतिथि हरुमा वाड नं ८ अध्यक्ष रामसरण न्यौपाने वाड सदस्य इश्ववरि भण्डारी केपिन तर्फबाट दल बहादुर गुरुङ को उपस्तिथि रहेको थियोे।

३९० घन्टा चलेकोमा २० जना सैनामैना नगरपालिका भित्रका कृषि पेसामा लागेका बिदेश देखि कोभिडले फर्किएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो।

शिप सिकेर कम्तीमा आफु दक्ष हुनुपर्ने र गाउँ समाजको लागि समेत काम गर्ने खाल को हुनुपर्ने सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्किले बताए। अहिले सिकेका कुरा आफ्नो अनुभवको आधार देखानु पर्ने भन्दै लेवल १ पास गरे लेवल ३ को लागि नगरपालिका ले ब्यावस्था गर्ने बताए ।

३९० घन्टा तालीमबाट सुरुवात मात्रै भएको भन्दै अब थप धेरै कुरो सिक्न आफुले पनि प्रयास गर्नु पर्ने भन्दै सिकेका सिप जहिले पनि काम लाग्ने भन्दै यो समय खेरा नफाल्न समेत आग्रह गरे। कार्यक्रम उहाले क्न्चनजंघा पोलिटिकल ईन्स्टिच्युट नेपाल केपिन लाइ धन्यवाद दिदै यस्तै कार्यक्रम आए नगर पालिका समन्वय गर्न तयार रहेको बताए । यस्तै कार्यक्रममा अतिथि केपिनका दल बहादुर गुरुङले सिकेका कुरा प्रयोगमा ल्याउन सके मात्रै पनि त्यो उपलब्धि मुलक हुने बताए। उनले कार्यक्रममा कोभिडको समयमा समेत महत्त्वपूर्ण तालिम सम्पन्न भएको भन्दै जुन सिप सिकेका छौ त्यो बाट आफुलाइ फाइदा हुने र त्यो ब्यबहारिक रुपमा उतार्न समेत आग्रह गरे।
यस्तै सहभागी दिनेश घिमिरे र सीता पट्टेलले अहिले सिकेका कुरा ब्यबहारिक रुपमै उतार्ने भन्दै कन्चजंघा पोलिटिकल ईन्स्टिच्युट र नगरपालिका लाइ धन्यवाद दिएका थिए प्रशिक्षार्थीले प्रमुख प्रशिक्षण र सहायक प्रशिक्षण दिनु हुने शिशिर ज्ञवालिले र दुर्गा नेपालीलाइ लिखित र प्रकाटिकल म राम्रो संग सिकाएको मा हार्दिक आभार ब्याक्त गरेका थिए यस्तै अध्यक्षता गरिरहेका मिन रानाले कार्यक्रम समापनको समयमा नेपाल सरकारको सुखि नेपाली खुसि नेपाली बनाउने मा हाम्रो पनि साथ रहेको भन्दै समाज परिवर्तन मा हाम्रो संस्था पनि लागिरहेको बताए।

स्थानीय सरकार सैनामैना नगरपालिकाले यो तालीममा अतुलनीय सहयोग  गरेकोमा नगर लाइ धन्यवाद दिए।

 
 
  
 

You may also like