स्वाव संकलनका लागि लुम्बिनी प्रादेशिकमा बुथ हस्तान्तरण

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना स्वाव संकलन गर्नका लागी सहज होस भनेर बुथ निमार्ण गरिएको छ ।

युथ फोर नेशन र लुम्बिनी प्रादेशिक अस्पताल बुटबलको सहकार्यमा बुथ निमार्ण गरिएको हो । आज अस्पतालमा आयोजना गरिएको एक कार्यक्रममा अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराइ र मेसु डा राजेन्द्र प्रसाद खनाललाई हस्तान्तण गरिएको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष सुर्य बहादुर भट्टराइ यो युथ फोर नेशनले बनाएको बुथबाट कोरोना संक्रमितिको स्वाव संकलन गर्न सहज हुने बताए ।

उनले सामाजीक कार्यको लागी अस्पताल संग सहकार्य गरेकोमा खुसी ब्यक्त गर्दे सधै सहकार्यको लागी अस्पताल खुल्ला रहेको बताए ।

कोरोना जाच गर्न आउने बिरामी को सुबिधा को लागि यो निकै उपयोगी हुने अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।

युथ फोर नेशन को सहयोगमा निर्माण गरिएको यो वुथ पोजेटिव प्रेसर भएको वुथ जसले स्वास्थ्य कर्मीहरुलाई संक्रमण हुनु बाट जोगीन निकै उपयोगी हुने माइक्रोबाईलोजिस्ट राम बहादुर खड्काले वताए ।

 
 
  
 

You may also like