सैनामैना शहर ः कहिले पुरा होला चक्रपथमा हिड्ने जनताको रहर !

by समतल अनलाइन

दिपक न्यौपाने , सैनामैना। सैनामैना नगरपालीका वडा नम्बर ७ का स्थानीय ७७ बर्षीय टामलाल घिमिरे सैनामैनाको चक्रपथमा पर्ने देवापारको आफ्नै घरको छतमा बिदेशबाट आएर क्वारेनटाइनमा बसेकी बुहारी सग रिङरोटको बाटो हेर्दै गफिदै भन्छन – रिङरोड बनेपछी त हामीलाइ धेरै सहज हुने होला नी ! बिगत ३ बर्षदेखी कुरीराखेका छौ , आशा छ अर्को बर्षसम्म त कसो पुरा नहोला ! ”
प्रतीउत्तरमा बुहारी गीता घिमिरेले मात्र यत्ति भनीन – खै बुवा अर्को बर्षसम्म त पुरा होला नी । ”
यी घिमिरेहरुमात्र होइन धेरै सैनामैनाका स्थानीयहरु चक्रपथको काम समयमै सम्पन्न भएको खण्डमा नगरले नै मुहार फेर्नेमा आशाबादी छन । तर कोरोना कहर तथा प्राबिधीक कारणले रिङरोड (सैनामैना चक्रपथ)को काम समयमा सम्पन्न भइरहेको छैन ।
सैनामैनाका १ देखी ११ सम्मका सबै वडाका साथै बुटवल तथा लुम्बिनीलाइ सहायक मार्गबाट पनी जोड्नेगरी मुलुककै लामो ५५ किमिको चक्रपथ बुहबर्षीय आयोजनाका रुपमा निर्माण भइरहेको छ ।
पहिलो चरणमामा आहिले ४० किलोमिटरको काम भइरहेको छ । तर ७३ , ७४ मा ठेक्का भएको चक्रपथको काम हालसम्म जम्मा ४९ प्रतीशत मात्र सम्पन्न भएको छ । आयोजना प्रमुख उद्धब भटराइ यसैबर्ष पुरा हुनुपर्ने काम सम्पन्न हुन नसक्दा डेढ बर्ष म्याद थपिएको बताउछन । उनका अनुसार
उत्तरतर्फको पिच गर्ने काम यसै बर्ष हुनेछ भने दक्षीणतर्फ ग्राभेलको काम पनी सकिने छ । उनी अर्कोबर्ष भने बाकी पिचको काम सम्पन्न हुनेमा ढुक्क छन । सैनामैनाकै शानका रुपमा रहेको चक्रपथलाइ लिएर नगर प्रमुख चित्रबहादुर कार्की यसलाइ ड्रीमप्रोजेक्टको संज्ञा दिन्छन । यो मेरो दिलको योजना हो , कार्की थप्छन – थोरै ढिला भएपनी यो सम्पन्न भइसकेपछी सैनामैनालाइ अझै छुट्टै हिसाबले चिनाउनेमा आशाबादी छु । काम ढिलो होस ,तर कडा होस , जोस्सिदै मेयर कार्कीले अगाडी थपे – यो योजनाप्रती म अत्यन्त गम्भिर पनी छु । कोरोना कहर र केहि प्राबिधिक कारणलेमात्र ढिला भएको हो । ढुक्क हुनुहोस म नगरका आम जनतालाइ आशास्त पार्दछु कि अर्को बर्ष चक्रपथको काम पुरा हुनेछ । ”
कुल ४० करोडको बजेटमा निर्माण हुन लागेको चक्रपथको निर्माण शुरु गर्ने सैनामैना नगरपालीका पहिलो स्थानीय तह समेत हो ।

 
 
  
 

You may also like