सैनमैना पाचको विभिन्न टोलमा नेकपाले गर्यो कमिटि गठन

by समतल अनलाइन

प्रदिप ज्ञवाली , सैनमैना । सैनामैना पाच अन्तरगतका विभिन्न टोलमा नेकपाले कमिटि गठन कार्यक्रम सम्पन्न गरेको छ । पार्टिलाइ टोल तहमा चलायमान बनाइ राख्नका लागि कमिटि गठन गरिएको हो । कमिटि गठन गर्दै जनप्रतिनिधिहरुले टोलमा रहेका समस्या र बिकास आयोजना बारे छलफल बिधिमा चासो राख्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद भुमिश्वर ढकालले पार्टीलाई चलायमान राख्नका लागि टोल कमिटि महत्त्वपूर्ण रहेको बताउनुभएको थियो । उहाले कार्यक्रममा प्रदेश तहबाट पार्टीले गरेका सङ्गठनात्मक काम र यस क्षेत्रका बिकासका कार्यहरु माथि प्रकाश पार्दै नेपालको बिकास नेकपा भन्दा अरु तत्वले गर्न नसक्ने भन्दै दावि गर्नु भयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेकपा जिल्ला सदस्य तथा सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले टोल कमिटि नबन्दा अहिलेको सरकारले गरेका राम्रो कामको प्रचार हुन नसकेको बताउदै टोल कमिटिलाई सकृय भएर लाग्न आग्रह गर्नु भएको थियो ।

सैनामैना नेकपाका नगर इन्चार्ज खुशिराम चाैधरीले टोल कमिटी भनेका शरिरका विभिन्न सुक्ष्म तन्तुहरु जस्तै रहेकोर तन्तु सकृय हुदा शरीर स्वस्थ भए झै टोल कमिटि सकृय हुदा पार्टी शक्तिशालि बन्ने कुरा बताउनुभएको थियो । उहाले कार्यक्रममा पार्टीको सङ्गठनात्मक प्रणालि बारे स्थानीय कार्यकर्तालाई स्पष्ट पार्नु भएको थियो
तेस्तै वडा का वडाध्यक्ष परसुराम सापकोटाले पार्टीका सदस्यहरु तथा कार्यकर्ताले पार्टीको काम बिकास योजना बारे छलफल गर्ने थलो पार्टी एकीकरण पछि नभएको र पार्टीले कमिटि गठन गरेकोमा धन्यवाद दिदै कमिटका माग अनुसार कार्य गर्दै आफु सधै जनताको माझमा रहेको बताउनु भयो ।
आजको बैठकले सैनामैना पाच अन्तरगत तिनवटा टोलमा कमिटी गठन गरिएको छ । जस अनुसार प्रगतिटोल दोगहरा टोल कमिटीमा धन बहादुर सेजवालको,बकसड डाडा कर्मुहवा टोल कमिटिमा गणेश के शिको र बक्सड टोल कमिटीमा मान बहादुर क्षेत्रीको अध्यक्षतामा १३/१३ सदस्यीय कमिटि गठन गरिएको हो ।
नेकपाका विभिन्न तहका प्रतिनिथि, पार्टीका सदस्यको उपस्थितिमा भएको कार्यक्रमको वडापा पार्टि अध्यक्ष धन प्रसाद पाैडेल को अध्यक्षता तथा युवानेता राजेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।

 
 
  
 

You may also like