सैनामैना “ भाग्यमानी वडा नम्बर ७ – जहा चल्दै छन अर्बका योजना ”

by समतल अनलाइन

दिपक न्यौपाने
सैनामैैैना।रुपन्देहिको सैनामैना नगरपालीका आफैमा बिकासको बाटोमा लम्किरहेको नगरपालीकाको रुपमा चिनिन्छ । हाल यहा कुल ८० हजार जनसङख्या रहेको अनुमान छ । ११ वटा वडा रहेको ऐतीहासीक रुपमा समेत चिनिने सैनामैनाका बिभिन्न क्षेत्रमा भौतीक पुर्वाधारका काम कोरोना महामारीका बिचमा पनी धमाधम भइरहेको छ ।
त्यसमा पनी वडा नम्बर ७ मा बिकास निर्माण र ठुला ठुला योजनाले स्थानीयमा रौनकता छाएको छ । नगरपालीकाका अन्य वडाको तुलनामा सबैभन्दा बढी सार्वजनीक जग्गा भएको वडा नम्बर ७ मा अहिले धमाधम अन्र्तराष्ट्रिय स्तरको रगंशालादेखी औधोगीक ग्रामसम्मका काम भइरहेको छ ।
कुल ८ पोइन्ट ३५ बर्ग किमि क्षेत्रफल रहेको वडामा अन्र्तराष्ट्रिय स्तरका प्रोजेक्टहरु आउदा हामी अत्यन्त खुसी भएका छौ , वडा नम्बर ७ का अध्यक्ष डिलाराम बेल्बासे भन्छन – यही लम्टैयामा १२ बिगाहा क्षेत्रफलमा नेपालकै सबैभन्दा ठुलो र नमुना गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला बनीरहेको छ । रगंशालाको निर्माणको काम नगरपालीकाले अगाडी बढाएको छ । गत बर्ष मैदानको लागी ३० लाखको बजेटमा माटो कटिङ ,शौचालय र ड्रेसीङ रुम निर्माण गरेको छ भने यस बर्ष १ करोडको बजेटमा माटो कटिङ तारबार र डिपिआर बनाएको छ । ”
उक्त परियोजना सफल हुन करिब २ अर्ब १९ करोडको लागत प्रस्तुत गरिएको छ । रगंशाला नेपालकै सबैभन्दा ठुलो ९० यार्डको रहेको सैनामैना नगरपालीकाका प्रमुख चित्रबहादुर कार्कीले बताए । खेल पर्यटनमार्फत सैनामैनाको बिकास गर्ने उदेश्यले वडा नम्बर ७ मा सो परियोजना सन्चालन गरिएको कार्कीको भनाइ छ । खेलकुुदप्रेमी समेत रहेका उनी ७ मा रगंशाला सम्पन्न भए समग्र सैनामैनासगै रुपन्देहीको शान रहेने स्विकार्छन ।
रंगशाला मात्र होइन सोही ठाउ नजिकै औधोगीक ग्रामका लागी गतबर्ष ९२ लाख रुपैया बजेट परेको थियो । कुल २० बिगाहा क्षेत्रफलमा फैलेको औधागीक ग्राममा यस बर्ष तारजाली र माटो फिलिङको काम सम्पन्न भएको छ । हालसम्म २५ जना ब्यबसायीहरुले उधोग सन्चालनका लागी आबेदन दिइसकेका छन । धेरै सार्वजनकि जग्गा रहेका कारण पनी सैनामैनाको ७ मा केन्दी्रय स्तरका कार्यक्रम आउदा पहिलो नजर सोही ठाउमा पुग्ने गरेको पाइएको छ । प्रदेश सांसद भुमिश्वर ढकालको पहलमा यस बर्षमात्रै गौतमबुद्ध सभाहलका लागी ५० लाख रुपैया बजेट परेको छ । सभाहलको काम पनी धमाधम भइरहेको छ । त्यसो त ढकालकै पहलमा जनता आवास कार्यक्रम अन्र्तरगत १८ वटा घर निर्माणका लागी प्रत्येक घरका लागी ३ लाख ३६ हजारका दरले बजेट परेको थियो । यसै क्षेत्रका लुम्बिनी प्रदेश सांसद भुमिश्वर ढकाल भन्छन – सैनामैना ७ आफैमा भाग्यमानी पनी छ यहा खेलकुददेखी औधोगीक संरचना आउनु संयोगमात्र होइन त्यो आबश्यकता पनी हो । ”
स्थानीय समाजसेबी तथा गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिक्र्रेट रंगशाला निर्माण समितीका सचिब कृष्ण ज्ञवाली बिकास निर्माणका क्षेत्रमा सरकारी बजेट आउनु वडाबासीका लागी निकै राम्रो सन्देश भएको बताउछन ।

 
 
  
 

You may also like