काँग्रेस : लुम्बिनी प्रदेशका प्रमुख सचेतकमा खान

by समतल अनलाइन

रुपन्देही । नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त भएका थिए ।

संसदीय दलको विधानबमोजिम संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् । यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहेका थिए । हमालले समय दिन नसकेका कारण खानलाई नियुक्त गरिएको हो ।

 
 
  
 

You may also like