जन्मदिनको उपलक्ष्यमा ५० लाखको बिमा पोलिसि उपहार

by समतल अनलाइन

बुटवल । जन्मदिन बिबाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन चादी हिरा जस्ता बहुमुल्य चीज उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय बिमा पोलिसी उपहार स्वरूप दिने प्रचलन बढेको छ ।
तिलोत्तमा नगरपालिका दुई शंकरनगर बस्ने गोमा घिमिरेले श्रीमान बिष्णु प्रसाद घिमिरेको जन्म दिनको अवसर परेर पचास लाख बराबर को बिमा पोलिसी उपहार स्वरूप दिनु भएको हो । सूर्य लाईफ इन्सुरेन्स भैरहवा शाखा बाट ५० लाख को सूर्या सु संरक्षित साबधिक जिबन बिमा योजना उपहार स्वरूप दिएकी हुन ।
यस योजनामा १८ वटा प्राण घातक रोग लागेमा उपचार खर्च बापत रु ५० लाख पाउने र बिमाले बचत सगै भविष्यमा हुने आर्थिक भौतिक छती बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्ने हुदा उत्त बिमा पोलिसी उपहार स्वरूप दिएको एजेन्सी म्यानेजर राजु पौडेले बताउनुभयो ।

 
 
  
 

You may also like