टिप्परको ठक्करबाट एक बालकको मृत्यु

by समतल अनलाइन

बुटवल।लुम्बिनी सडकखण्ड अन्तर्गत मायादेवी गाउँपालिकाका टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको ट्रिपरले मायादेवी गाउँपालिका वडा नं. ८ काे विश्वकर्मा मन्दिर नजिकै पैदलयात्री ८ वर्षीय रघुबिर हरिजनलाइ ठक्कर दिँदा उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे । उनी स्थानीय सुग्रिव हरिजनका छाेरा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 
 
  
 

You may also like