91
बुटवल । बुटवलमा फेरी अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ३ गोलपार्क निवासी ५५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको हो ।
गत असोज २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि २७ गते कोरोना विशेष अस्पतालमा भर्ना गरेर उपचार गरिँदै आएकोमा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतकलाई क्रोनिक लिभर डिजिज रहेको पनि अस्पतालले जनाएको छ ।