वामदेव गौतमको सुरक्षामा खटिएका प्रहरी र चालकमा कोरोना संक्रमण, भेटघाट बन्द

by समतल अनलाइन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको सुरक्षामा खटिएका सुरक्षाकर्मी र सवारी चालकमा कोरोना संक्रमण देखिएको छ । शनिबार चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण भएको रिपोर्ट आएको जानकारी दिइएको हो ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिए पनि उपाध्यक्ष गौतम र उनका परिवारका सदस्यमा भने कोरोना संक्रमण देखिएको छैन । यसका साथै गौतमको निजी सचिवालयका सदस्यमा पनि कोरोना संक्रमण नदेखिएको बताइएको छ ।

चालक र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि नेता गौतम होम क्वारेन्टाइनमा बसेका छन् । उनले सबै भेटघाट समेत बन्द गरेको गौतमको निजी सचिवालयले जानकारी दिएको छ ।

 

 
 
  
 

You may also like