81
बुटवल । बुटवलमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा आज बिहान भर्ना भएका बुटवल उप- महानगरपालिका ८ का ४९ वर्षका पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा . विष्णु गौतमले बताए ।
असोज २७ गते कोरोना पोजेटिभ देखिएको उनी होम आइसुलेसनमा बसेका थिए । स्वास्थ्यमा समस्या देखिएपछी आज बिहान उनलाइ अस्पताल भर्ना गरेको गौतमले बताए ।