मनसुन बाहिरिन अझै केहि दिन लाग्ने, कहाँ-कहाँ छ बर्षाको सम्भावना ?

by समतल अनलाइन

काठमाडौं। नेपालबाट मनसुन पूणर्रुपमा बाहिरिन अझै केहि दिन लाग्ने मौसमविदले बताएका छन् ।अहिले देशका प्रदेश-१, प्रदेश-२, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्यपश्चिम तथा उत्तरपश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

आज (शनिबार) दिउँसो प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति प्रदेश-१, प्रदेश-२, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश-५ र कणर्ाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आइतबार प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र आंशिक बदली रही प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र आंशिक बदली रही प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like