एक हप्ता देखी रिडि रुद्रबेणि सडकखण्ड अवरुद्ध

by समतल अनलाइन

गुल्मी । गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको छ । यही असोज ११ गतेदेखि उक्त सडकखण्डको विष्णुपञ्जरमा माथिबाट निरन्तर रुपमा खसेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो ।

यसबाट जिल्लाको रिडीबाट सत्यवती, कालीगण्डकी, चन्द्रकोट गाउँपालिका हुँदै वाग्लुङसम्म जाने सवारी तथा यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।

पटकपटक सडक खुलाउने प्रयास गर्दा पनि माथिबाट पहिरो झर्ने क्रम नरोकिएपछि अझैसम्म पनि चलाउन नसकिएको जिल्ला प्रहरी कार्यालय,का सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए ।

कालीगण्डकी करिडोर गौँडाकोट, राम्दी, मालढुङ्गा सडक आयोजना, पाल्पाका योजना प्रमुख नरेन्द्र सुवेदीले आफूले उक्त सडकको अनुगमन गरिसकेकाले पहिरो नरोकिएसम्म सडक खुलाउन नसकिने जानकारी दिए ।

सडक खुलाउनका लागि दुई यन्त्र तयारी अवस्थामा राखिएका छन् । पहिरो झर्ने क्रम रोकिएसँगै सडक खुल्ने उहाँको भनाइ छ । उक्त सडकको विकल्पमा तम्घास–इन्द्रेगौँडा सडक प्रयोग गर्न उनले आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सडक खुलाउन पहल भइरहेको प्रतिक्रिया दिए ।

 
 
  
 

You may also like