आधा किलो सुन भारत लैजाँदै गर्दा १५ बर्षीया किशोरीसहित दुई जना पक्राउ

by समतल अनलाइन

कपिलवस्तु । आधा किलो सुन भारत लैजाँदै गर्दा कपिलवस्तु प्रहरीले एक १५ वर्षीया किशोरीसहित दुई जनालाई पक्राउ गरेको छ ।कपिलवस्तुको मायादेवी गाउँपालिका-५ बनकछियाबाट आधाा किलो सुन लिएर भारततर्फ जाँदै गरेको अवस्थामा सुनसहित ३४ वर्षीय पवनकुमार गुप्ता र उनकी १५ वर्षीया बहिनी महिमा गुप्ता पक्राउ परेका हुन् ।

लु ५६ प ६३१० नम्बरको मोटरसाइकलमा भारततर्फ सुन लैजाँदै गरेको विशेष सूचनाका आधारमा उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् । बरामद सुन र पक्राउ परेका दाजु-बहिनीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तौलिहवा ल्याइएको उनले बताएका छन् ।

 
 
  
 

You may also like