भारतमा कोरोना संक्रमित ६३ लाख पुगे, ९८ हजार बढीको मृत्यु

by समतल अनलाइन
221Shares

नयाँ दिल्ली ।भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ८२१ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै एक हजार १८१ जना थप व्यक्तिको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा बिहीबारसम्ममा कूल संक्रमितको संख्या ६३ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या ९८ हजार ६७८ हजार पुगेको छ ।भारतमा ५२ लाख ७३ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ४० हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।

सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३६ हजार ६६२ जनाको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख ७ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ८ हजार ८६४ जनाको मृत्यु भएको छ ।भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ५६ लाख नमूना परीक्षण गरेको जनाएको छ ।

You may also like