खोलाले विद्युतको गाडी बगाउँदा १ जनाको मृत्य, २ जना बेपत्ता

by समतल अनलाइन

बुटवल।कपिलवस्तुको कपिलधाम, भलवाडमा कोइली खोलामा रहेको कजवे पुलमा बाढीले विद्युत प्राधिकरण कपिलवस्तुको गाडी बगाउँदा एक जनाको मत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।वाणगङ्गा नगरपालिका वडा-७, कपिलधाम जाँदै गरेको वा१ञ १०८९ नम्बरको को गाडी गाडी कोइली खोलाको कजवे पार गर्ने क्रममा बगेको हो ।

उक्त घटनामा गाडीका चालक गुल्मीको रेसुङ्गा नगरपालिका-५ का ३५ वर्षीय माधव पाण्डेको ज्यान गएको छ । बाढीले गाडीसँगै बगाएका कार्यालयका शाखा प्रमुख ५३ वर्षीय कृष्ण प्रसाद पौडेल र अर्घाखाँचीको शीतगङ्गा नगरपालिका-१३ का ६२ वर्षीय जितबहादुर भाट क्षेत्री बेपत्ता छन् ।गाडीमा सवार अन्य चारजना भने पौडेर बाँचेको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

पौडेर ज्यान जोगाउनेमा २८ वर्षीय विजय पोखरेल, ३९ वर्षीय परशुराम चौधरी र ३२ वर्षीय कपिल पन्त रहेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बनगाईदेखि ८ किलोमिटर उत्तरतर्फबाट बगाएको उक्त गाडी फेला नपरेको प्रहरीले जनाएको छ ।

त्यस्तै कजवे तर्ने क्रममा देवीराम पोखरेलको लु१२प ३५०३ नम्बरको होण्डा बाइक बाढीले बगाएको छ । वाणगङ्गा-९ भलवाड, कपिलवस्तु जिल्लाको सुगम वडा भए पनि वर्षातको समयमा दुर्गमको क्षेत्रजस्तै हुने गरेको छ ।

 
 
  
 

You may also like