काठमाडौं । नेपालमा थप ११ सय ७२ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर कुल १३ सय ५६ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार ७१४ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ सय ९३ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म ४८ हजार ६१ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७३.७ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार ४४९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर ९ लाख ४४ हजार ४७४ पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ७ हजार १७१ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ९ हजार १८६ जना रहेका छन् ।
त्यस्तै देशभर भेन्टिलेटरमा ४३ जना रहेका छन् भने आइसीयुमा उपचारत देश भर २२० जना रहेका छन् ।