137
गुल्मी। गुल्मी जिल्लाको इश्मा गाउँपालिका– २ स्थित रातचौर र स्याँलाबीचमा तम्घास रातडाँडाको सडक खण्डमा बाटो हिंडिरहेका दुई जना पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।
सोमबार राति करिब ८ः३० बजेतिर सडकमा हिंडिरहेका ३९ वर्षीय प्रेमबहादुर कुमाल र ५ वर्षीय सफल कुमाल बेपत्ता भएका हुन् ।