नेपालमा आइतबार थप १ हजार ३२५ जना कोरोना संक्रमित थपिए ,संक्रमितको संख्या ६४ हजार १२२ पुग्यो

by समतल अनलाइन

बुटवल।नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमार्फत संक्रमित १० जनाले ज्यान गुमाएको जानकारी दिइयो ।
योसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । अहिलेसम्म ४११ जनाले ज्यान गुमाएका छन् ।

बितेको २४ घण्टामा ९६६ जनाले कोरोना जितेका छन् ।

 
 
  
 

You may also like