भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख नजिक, एकैदिन ९२ हजारमा संक्रमण

by समतल अनलाइन

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५४ लाख नजिक पुगेको छ ।दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

आइतबार भारतमा ९२ हजार ७५५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ९८ हजार २३० पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ९९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् भने १० लाख ११ हजार ७३२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८६ हजार ७७४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 
 
  
 

You may also like