सल्यानका महेश श्रेष्ठ बने कोरोनाविरुद्धको खोप लिने पहिलो भाग्यमानी नेपाली

by समतल अनलाइन

काठमाडौं। पुर्ख्याैली घर नेपालको सल्यान भएका डा. महेश श्रेष्ठ कोरोना भाइरसविरुद्धको खोप लिने पहिलो भाग्यमानी नेपाली बनेका छन् ।रुसमा रहेका उनले केरोनाविरुद्धको खोप लगाउने अवसर पाएका हुन् । रुसको राजधानी मस्कोमा कार्यरत डा. महेश श्रेष्ठले कोरोना भाइरस (कोभिड १९) बिरुद्धको भ्याक्सिन लगाउन पाएका हुन् ।

मस्कोमा रहेका ६१ वर्षीय डा. श्रेष्ठले शनिबार कोराना भाइरसबिरुद्धको खोप लिएका हुन् । सल्यान पुर्ख्याैली घर भएका श्रेष्ठको नाम रसियन सरकारद्वारा अनलाइनमा लक्की ड्रमार्फत छानिएको थियो ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.बद्री केसीले लक्की ड्रमार्फत् श्रेष्ठले यो अवसर पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

श्रेष्ठलाई भ्याक्सिन दिनुभन्दा पहिला सम्पूर्ण स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । ३० हजार जना मध्येबाट छानिएका श्रेष्ठको भ्याक्सिन लगाएपछिको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बताइएको छ ।

रसियामा निर्मित उक्त भ्याक्सिन नेपालमा ल्याउने प्रयास पनि भइरहेका समयमा रुसमा एक नेपालीले खोप लगाउनु पाएका हुन् ।

नेपालका लागि रसियन राजदूत एलेक्सी नोभिकभले रुसले विकास गरेको उक्त भ्याक्सिन नेपाललाई दिन तयार रहेको जानकारी दिएका थिए ।

 
 
  
 

You may also like