83
बुटवल। रुपन्देहीमा थप ५८ जना कोरोना संक्रमित भएका छन्। जिल्ला स्वास्थ्य रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा १९ महिला र ३९ पुरुष गरी ५८ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य रुपन्देहीका अनुसार सबैभन्दा बढी बुटवल उपमाहानगरपालिकामा ९ महिला र २२ पुरुष गरी ३१ जना संक्रमित थपिएका छन्।
त्यसैगरी सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ११ जना, देवदह नगरपालिकामा ७ जना, सैनामैना नगरपालिकामा ३, शुद्धोधन र तिलोत्तमामा २/२ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार पुगेको ।