काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ११ सय ७४ जनाको मृत्यु भएको छ ।योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८४ हजार ३७२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९६ हजार ४२४ जना संक्रमित पुष्टि भएको छ ।योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५२ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५२ लाख १४ हजार ६७८ पुगेको छ ।
भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।त्यस्तै भारतमा अहिलेसम्म ४१ लाख १२ हजार ५५२ जना ठिक भएका छन् । त्यस्तै १० लाख १७ हजार ७५४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड १५ लाख ७२ हजार ३४३ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख ६ हजार ६१५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।