215
भक्तपुर ।भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनको होम आइसोलेसनमै मृत्यु भएको हो ।कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको सोही वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिएका छन् ।
मृतक मधुमेह र उच्च रक्तचापका बिरामी थिए । भदौ ११ गते गरिएको पीसीआर रिपोर्ट अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
previous post