154
स्याङ्जा।स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।आइतबार बिहान ४ बजेतिर वालिङ नगरपालिका-५ माझकोटस्थित वालिङ–चापाकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अरू २ जना घाइते भएका छन् ।
दुर्घटनामा चापाकोट नगरपालिका-९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका-१० बस्ने २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी होविन्द्र बोगटीले खबरहबलाई जानकारी दिए ।
उनीहरुको वालिङ प्राथामिक स्वास्थ्यचौकीमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
दुर्घटनामा चापाकोट नगरपालिका-९ बस्ने ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका छन् । वालिङ प्राथमिक स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।