पाटन अस्पतालमा ललितपुरका २९ वर्षीय संक्रमित युवकको मृत्यु

by समतल अनलाइन

ललितपुर । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।ललितपुरका २९ वर्षीय युवकको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । साउन २८ गतेदेखि अस्पतालमा उपचाररत संक्रमित पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो ।

शनिबार दिउसो ४ बजेसम्म नेपालमा १२ जना संक्रमितको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको थियो । पछिल्लो केही दिनयता नेपालमा संक्रमितको मृत्युदर बढ्दै गएको छ ।

शुक्रबार पनि नेपालमा एकै दिन १२ जना संक्रमितको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयको शनिबार साँझसम्मको तथ्याङ्क अनुसार नेपालमा २०७ संक्रमितको मृत्यु भएको छ ।

 

 
 
  
 

You may also like