शनिबार रुपन्देहीमा १५ जना थपिए कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । शनिबार रुपन्देहीमा १५ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । विभिन्न ल्याबमा गरिएका परिक्षण अनुसार साँझसम्म जिल्लाका ५ वटा स्थानीय तहका १५ जनामा संक्रमण पुष्टि भएको कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

स्वास्थ्य कार्यालयका अनुसार सिद्धार्थनगरमा ७ जना, बुटवल उपमहानगरपालिका ३ जना, तिलोत्तमा २, ओमसतियामा २ र रोहिणीमा १ जनामा संक्रमण देखिएको छ । थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ८ सय ८० पुगेको छ भने मृतकको संख्या ८ पुगेको छ । जिल्लामा ३६० जना निको भएर फर्किसकेका छन्, ५१२ जना सक्रिय संक्रमित उपचाररत छन् ।

 
 
  
 

You may also like