रिँगटा लाग्दा के गर्ने के नगर्ने

by समतल अनलाइन

काठमाडौँ, २४ भदौ । मुटुको धड्कन असामान्य, आँखाको कमजोरी, मष्तिस्कमा रगतको कमी, नशा फाट्ने, ब्रेन ह्यामरेज, ब्रेन ट्युमर, खाने कुरा तथा औषधिको एलर्जी, माइग्रेन, व्रत बसेर शरीर कमजोर भएमा, अत्याधिक अल्कोहल सेवनले रिंगटा लाग्न सक्छ ।
टाउको घुम्नु, शरीर हल्लेको अनुभव हुनु, आँखाको अगाडि अध्यारो छाउनु, अनुहार फिक्का र शरीर चिसो हुनु, कमजोर भई चक्कर लागेर लड्नु, शरीर शून्य हुनु, उल्टी आउनु, कानमा बज्नु, बोल्न कठिनाइ हुनु यसका लक्षण हुन् ।

के गर्ने

रिँगटा लाग्ने बित्तिकै बस्ने ।
सुविधा भएमा ओछ्यानमा सुत्ने र आँखा बन्द गर्ने ।
निन्द्रा लाग्यो भने पर्याप्त सुत्ने ।
नियमित व्यायाम गर्ने र बिहान घुम्न जाने ।
मधुमेह नियन्त्रणमा राख्ने, एनिमियाको उपचार गर्ने ।
टाउकोमा बदामको तेलले मालिस गर्ने ।
आँखा कमजोर भए उचित चस्मा लगाउने ।
फिजियोथेरपिस्टसँग सिकेर सधैं कसरत गर्ने ।

के नगर्ने

एक्लै घुम्न नजाने ।
अग्लो, होचो, अँध्यारो, चिप्लो बाटोमा नहिँड्ने ।
चिया, चुरोटरबिंडी नखाने ।
साइकल, स्कुटर, कार नचलाउने ।
बार्दलीलगायत कुनै अग्लो ठाउँबाट तल नहेर्ने ।
कठीन शारीरिक या मानसिक परिश्रम नगर्ने ।
आगो या पोखरीबाट टाढै रहने ।
खोला नतर्ने ।

 
 
  
 

You may also like