रोटरी र रोट्रयाक्ट द्वारा माक्स र सेनिटाईजर वितरण

by समतल अनलाइन

बुटवल। रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले वडा प्रहरी कार्यलय रामनगरमा माक्स र सेनिटाईजर वितरण गरेको छ ।

कोभिड(१९ बाट आम सर्व साधारणलाई सुरक्षा प्रदान गर्न अग्रपंतीमा खटेर काम गरि रहेका सुरक्षाकर्मीहरुलाई अत्यावश्यक पर्ने माक्स र सेनिटाईजर क्लबले वडा प्रहरी कार्यलयका प्रमुख प्रहरी निरिक्षक गोबिन्द प्रसाद रेग्मीलाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले क्लबले कोरोना भाइरसबाट बच्न र बचाउन सबैको साथ सहयोग र प्रतिवद्धताको खाचो रहेको बताउदै क्लबले निरन्तर सहयोग गरिरहने बताउनु थियो।
प्रहरी निरिक्षक रेग्मिले क्लबको सहयोग प्रति धन्यवाद दिदै आगामी दिनमा समेत सबै सामाजिक संघ संस्थाको सहयोग्को अपेक्षा रहेको बताउदै सबैलाई सुरक्षित रहन आग्रह गर्नुभयो।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रो यादव प्रसाद भन्डारीले क्लबको सहयोग अभियानको प्रशंसा गर्नुभयो।क्लबका सचिब रो विक्रम क्षेत्रीको संचालनमा, रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष रो विमल ढकालको स्वागत एवं दुबै क्लबका पदाधिकारीहरु र सुरक्षाकर्मीहरुको सहभागितामा रहेको थियो

 
 
  
 

You may also like