81
काठमाडौं । अमेरिकाका विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले थर्मोमिटरले तापक्रम जाँचेर कसैलाई कोरोनाको संक्रमण छ कि–छैन भनेर एकिन गर्न नसकिने बताएका छन् ।एक फेसबुक लाइभ कार्यक्रममा उनले तापक्रम नाप्नु भरपर्दो जाँच नभएको बताए । उनका अनुसार अमेरिकाको राष्ट्रपति कार्यालय र नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजेजले तापक्रम नाप्न बन्द गरिसकेका छन् ।
विश्वमा धेरै कम्पनी, कार्यालय तथा अन्य स्थलमा प्रवेश गर्नु पहिले तापक्रम नाप्ने गरिएको छ । यसो गर्नुभन्दा बरु मानिसलाई सीधै सोध्नु राम्रो हुने डाक्टर फाउचीको सुझाव छ । उनले भने, ‘किनकी कहिलेकाहीं तापक्रम गलत देखिन्छ ।’ बीबीसी