काठमाडौँ । अमेरिकामा कोरोनाको कहर अझै रोकिएको छैन । कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढिनै रहेको देखिएको छ ।पछिल्लो २४ घण्टामा अमेरिकामा एक हाजर ८१ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ७१ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ७१ हजार ४९६ पुगेको छ ।
त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ५९ हजार ९०४ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ५४ लाख ७५ हजार ५७० पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म २८ लाख ६८ हजार २७१ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २४ लाख ६८ हजार २७१ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १७ हजार २१६ जना आइसीयुमा उपचारत रहेका छन् ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ८९५ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ५४ हजार १४८ जना संक्रमित भएका छन् ।
त्यस्तै न्यूजर्सीमा १५ हजार ९७३ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ९२ हजार ३९७ जना संक्रमित भएका छन् ।
त्यस्तै क्यालिफोर्नियामा ११ हजार १४८ को ज्यान गएको छ भने त्यस्तैगरि टेक्सासमा ९ हजार ७३५ जनाको ज्यान गएको छ ।
त्यसैगरी फ्लोरिडामा ९ हजार १४६ र मसाचुसेट्समा ८ हजार ८१० जनाको ज्यान गएको छ ।
त्यस्तै इलिनियोइसमा ७ हजार ९३२, पेन्सिलभेनियामा ७ हजार ५३५, मिचिगनमा ६ हजार ५६६, जर्जियामा ४ हजार ५७३, कोनेक्टीकटमा ४ हजार ४५३, लुसियानामा ४ हजार ४३३ जना, एरिजोनामा ४ हजार ४२३, ओहियो ३ हजार ७९०, मेरिल्याण्डमा ३ हजार ६३१, इन्डियानामा ३ हजार ११३, भर्जिनियामा २ हजार ३७०, नर्थ कारोलिनामा २ हजार ३२१ र साउथ कारोलिनामा २ हजार २०४ जनाको मृत्यु भएको छ ।