धार्मिक तथा ऐतिहासिक मलमला मन्दिर परिषद झकिझकाउ बनाउदै युवा मैत्री क्लब

by समतल अनलाइन

शिब अधिकारी
सैनामैना ।रुपन्देहीको सैनामैनामा अवस्थित धार्मिक , ऐतिहासिक तथा पर्यटकीय स्थल मलमला देवी मन्दिर परिषद सजावटमा युवा मैत्री क्लब लागि परेको छ । क्लबले मलमला देवी मन्दिर सम्म पुग्न बनाइएको सिडिको छेउमा गमला निर्माण कार्य सम्पन्न गरे सँगै शुक्रबार एक कार्यक्रमका बिच वृक्षरोपण गरेको हो ।

सैनामैना नगरपालिकाको आर्थिक बर्ष ०७५/७६ तथा ०७६/७७ को बजेटले हालै सिडि निर्माणको काम सम्पन्न भएसँगै क्लबले मलमला देवी मन्दिर प्रस्थान गर्ने सिडि छेउछाउमा गमला निर्माण गरि वृक्षरोपण कार्य गरेको हो ।

आज अौपचारिक रुपमा वृक्षरोपण गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले युवाहरुले गरेको सामाजिक कार्यको सराहना ब्यक्त गर्नुभयो । उहाँले असल समाज निर्माणमा युवा पुस्ताको महत्त्वपूर्ण भुमिका रहने बताउँदै शिक्षालाई प्राथमिकतामा राखेर सामाजिक काम गरेमा समाजको विकासमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका कार्कीले मलमला क्षेत्रको विकासमा नगर कतै पनि नचुक्ने बताउँदै मलमला क्षेत्रमा प्रतिक्षालय निर्माणको कार्यका लागि बजेट छुट्याएको जानकारी दिनुभयो ।

यस्तै, कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष खेमु काफ्लेले क्लबले गर्ने हरेक कार्यमा सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद दिदैँ आगामी दिनमा थप नयाँ र सिर्जनशील काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

क्लबका अध्यक्ष खेमु काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिका का नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता , सैनामैना नगरपालिका वडा नं ६ का वडाध्यक्ष बसन्त पाण्डेको बिशिस्ट आतिथ्यता , वाड नं ८ का वडा सदस्य देवनारायण ढकाल , क्लबका सल्लाहकार संयोजक गोपाल पोख्रेल,‌सल्लाहकार सदस्य खेमलाल ढकाल, मलमला एकिकृत सामुदायिक बिकास कार्यक्रमका अध्यक्ष गुनाखर भट्टराई लगायतको उपस्थिति रहेको थियोे । भन्ने कार्यक्रम सञ्चालन क्लबका सदस्य राम प्रसाद उपाध्यायले गर्नु भएको थियो ।

 
 
  
 

You may also like