बर्दियामा ५ दिनसम्म निषेधाज्ञा

बर्दिया।बर्दियामा ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।बैंकका कर्मचारी, थुनुवा र जनप्रतिनिधिलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले आजदेखि पाँच दिनसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।

बर्दियामा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

साउन २५ गते आइतवारदेखि २९ गते बिहीवार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गरिएको उनले जानकारी दिए ।

यो समयमा पनि औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा भने अवरोध नुहने प्रशासनले प्रष्ट पारेको छ ।

 
 
  
 

You may also like