साउदीबाट ९०७ नेपाली स्वदेश फर्किए

दोहा । साउदी अरबको दमामबाट ९०७ जना नेपाली नागरिक स्वदेश फर्किएक छन् ।कोरोना भाइरसलगायत अन्य विभिन्न कारणले समस्यामा परेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा स्वदेश फर्काउन तय गरिएको उडानमार्फत उनीहरु नेपाल फर्किएका हुन् ।
नेपाल सरकारको सहजीकरणमा स्वदेश फर्किनैपर्ने नेपाली नागरिकलाई फर्काउन संचालित तेस्रो चरणको ६ चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

दमामबाट हिमालय एयरलाईन्सको तीन उडानमार्फत ४५२ जना र नेपाल एयरलाईन्सको तीन उडानमार्फत ४५५ जना स्वदेश फर्किएको एनआएनए मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्याल जानकारी दिए ।

 
 
  
 

You may also like