बुटवल । रुपन्देहीको रोहिणी–४ सीतागढमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।शुक्रबार राति परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ नम्बरको कार दुर्घटनामा परेको रुपन्देही प्रहरीले जनाएको छ । घटना राति साढे नौ बजेको हो ।
दुर्घटनामा कार चाक रुपन्देहीकै ओमसतिया गाउँपालिका–४ का २७ वर्षीय देवेन्द्र चौधरी, रुपन्देहीकै कोटहीमाई गाउँपालिका–३ का २७ वर्षीय नौसाथ दर्जी र रुपन्देहीकै पञ्चगाभा गाउँपालिका घर भएका १२ वर्षीय बालक प्रदीप ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी खडगबहादुर खत्रीले जानकारी दिएका छन् । कार चौधरीले चलाएका थिए ।
दुर्घटनामा रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का ३४ वर्षीय अनिल यादव गम्भीर घाइते भएका छन् । ‘उनको मेडिकल कजले भैरहवामा उपचार भइरहेको छ,’ शनिबार बिहान डिएपी खत्रीले भने, ‘कार सडकबाट करिब १० मिटर तल खसेको छ ।’
परासी भैरहवा सडक खण्डको हुलाकी राजमार्गमा कार दुर्घटना भएको हो । तीब्र गतिका कारण कार दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।