79
मोरङ।कोरोना भाइरससँग मिल्दो लक्षण भएका एक बिरामीको मृत्यु भएको छ । उनी कोशी अस्पतालमा उपचाररत थिए ।अस्पतालका अनुसार विराटनगर ९ बाट ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या भई ल्याइएका व्यक्तिको शुक्रबार बिहान मृत्यु भएको हो ।
परिवारले अस्पताललाई दिएको जानकारी अनुसार ५८ वर्षीय पुरुषमा एक सातादेखि हलुका ज्वरोको लक्षण थियो । तर, बिहान एक्कासि श्वास फेर्न कठिन भएपछि कोशी अस्पताल लगिएको थियो ।कोशी अस्पताल आइसोलेसनका इन्चार्ज डा. लक्ष्मीनारायण यादवका अनुसार अस्पताल ल्याई पुग्दा उनको मृत्यु भइसकेको थियो ।
कोरोनासँग मिले लक्षणहरु देखिएकाले स्वाब संकलन गरेर परीक्षण गर्न पठाएको उनले बताए ।
कोशी अस्पतालको आइसोलेसनमा दुई दिनअघि पनि दुई पुरुषको मृत्यु भएको थियो । उनीहरुमा पछि कोरोना पुष्टि भएको थियो ।