थप ३६० जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ६५ पुग्यो

काठमाडौं । नेपालमा थप ३६० जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३६० जना संक्रमित थपिएको जानकारी दिएका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार २९६ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३३ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १५ हजार ३८९ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७०.५८ रहेको प्रवक्ता गौतमले बताएका छन्

त्यस्तै पछिल्लो २४ घन्टामा ६ हजार ६२२ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख १९ हजार ५७५ नमुनाको पिसिआर परिक्षण भएको छ ।

त्यस्तै अहिले देशभरमा ९ हजार ४७० जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार २९६ जना आइसोलेसनमा रहेका छन् ।अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ७ जिल्ला कोरोना मुक्त भएका छन् । खोटाङ, धनकुटा, रुकुम पश्चिम, मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा र भोजपुर रहेका छन् ।नेपालमा अहिलेसम्म कोरोनाबाट ६५ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like