पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी केसीले फेरि गरे

अर्को धमाका :६ लाख बराबरको अवैध सुर्ती बरामद
नवलपरासी । नवलपरासी पश्चिमको सिमावर्तिबाट प्रहरीले ६ लाख मुल्य बराबरको अबैध सुर्ति बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा नेपाल लाई लुकाई राखिएको ६० बोरा ९१५०० केजी० सुर्ति बरामद गरिएको प्रहरीले जनाएको छ । सुर्ति पाल्हिनन्दन गाउँपालिका ५ चमनटोलाबाट बिहिवार बिहान ७ बजे बरामद गरिएको हो ।

बरामद गरिएको उक्त सुर्ति प्रतिकेजी ४ सय रुपैंयाको दरले ६ लाख रुपैंया पर्ने र आवश्यक कारबाहीका लागी महेशपुर भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ । सुर्तीजन्य पदार्थ चुरोट , बिडीमा प्रयोग हुने खालको रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा एसपी अजय केसी आएपछि तस्करहरुको भागाभाग भएको छ । वहाँ आएको ढाई महिनामा एक करोड भन्दा बढिको मालसामान नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागि भन्सार पठाइसकेका हुन ।

 
 
  
 

You may also like