सुत्केरीको मृत्यु

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ ।सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा ज्यान गएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।

पुनले यसअघि दुई छोरीलाई जन्म दिएको प्रहरीले बताएको छ । नवजात शिशुको अवस्था भने सामान्य रहेको उनका श्रीमान् अमृत पुनले बताए ।त्यस्तै डोल्पामा रहेको मामा घर जान हिँडेकी बारेकोट गाउँपालिका– ९ सक्लाकी २२ वर्षीया टीका बिसी नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लाग्दा घाइते भएकी छिन् ।

घाइते बिसीलाई बारेकोट गाउँपालिकाको दुई लाख ७५ हजार सहयोगमा हेलिकोप्टरबाट उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ । उनको अवस्था गम्भीर भएको दल्लीस्थित नगर अस्पताल जनाएको छ ।

 
 
  
 

You may also like