सांसद भट्टराइ जनताको घर दैलोमा: प्रगतिटोलको बिकासलाइ लुम्बिनी सङ्ग जोडिने

प्रदिप ज्ञवालि
सैनमैना । राष्ट्रिय सभाका सांसद तथा नेकपाका नेता खिमलाल भट्टराइ जनताको घर दैलोमा आउनु भएको छ । रुपन्देही निर्वाचन क्षेत्र नं पाचलाइ प्रतिनिधित्व गर्ने उहा बिभिन्न क्षेत्रमा जनपुनासो सुन्नका साथै निम्ति आउनु भएको हो । उहाले जन गुनासो सङ्गसङ्गै स्थानिय आवश्यकता र बर्षायामले पारेको क्षति आदि बारे पनि बुझ्नु भएको छ ।
भट्टराइ सैनामैना, कञ्चन , गैडहवा सङ्गै लुम्बिनीको बिभिन्न क्षेत्रमा पुग्नु भएको छ । यसै क्रममा संासद भट्टराइ मङ्गलवार बिहान सैनामैना पाचको प्रगति टोलमा आइ स्थानिय नेता तथा जनता सङ्ग बिकासका निम्ति भलाकुसारी गरि बिकासका लागि प्रतिबद्दता जनाउनु भएको छ ।
सैनामैना पाचमा रहेको प्रगति टोललाइ लुम्बिनिसङ्ग जोडेर गरिने धारणा सांसद भट्टराइले राख्नु भयो । उहाले यस ठाउमा थारु सङ्ग्राहलय बनाउने , प्रगति टोलमा रहेको दुर्गा मन्दिरको संरक्षण गर्ने, टोलको सम्पुर्ण बाटाहरु कालोपत्रे गर्ने, बर्माबाबा खानेपानि तथा उपभोक्ता संथाको संरक्षणका निम्ति तटबन्ध गर्नुका साथै तटबन्ध गर्नुपर्ने ठाउमा रहेको इङ्गुरिया खोलामा पुलको ब्यवश्था , कुस र खरको छाना विस्थापन , सुकुम्बासी समस्या समाधान आदि कार्य केन्द्र प्रदेश र स्थानीय तहको समन्वयमा पुरा गर्ने बिश्वास उहाले यहाका जनतालाइ दिलाउनु भएको छ ।
पुल राख्नु पर्ने स्थान र खानेपानि सस्थाको भट्टराइले अवलोकन पनि गर्नुभएको छ। सो कार्यक्रममा सांसद भट्टराइ सङ्गै सैनामैना वडा नं पाचका वडा अध्यक्ष परसुराम सापकोटा, वडा सदस्य मनकुमारि राइ स्थानिय नेताहरु र जनताहरुको उपस्थिति रहेको थियो ।

 
 
  
 

You may also like