गुल्मीको चन्द्रकोटमा पहिरोले ट्रक पुर्यो , ६ घर विस्थापित

गुल्मी । अविरल वर्षापछि गएको पहिरोका कारण गुल्मीको चन्द्रकोट गाउँपालिकामा ६ परिवार विस्थापित भएका छन् । पहिरोले एउटा ट्रक समेत पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार चन्द्रकोट गाउँपालिका–७, खसिमारेमा लु ६ ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको हो । उक्त ट्रक हिजोदेखि हिलोमा फसेको थियो ।

उक्त ट्रक बुटवलबाट सामान बोकेर शान्तिपुर जाँदै थियो । प्रहरीले हिलोमा ट्रक फसेका बेला माथिबाट खसेको पहिरोले ट्रक पुरिएको जनाएको छ ।

यस्तै सोमबार राति आएको पहिरोले चन्द्रकोट गाउँपालिका–ड, बास्कोटका ६ घर विस्थापित भएका छन् । सोमवार रातिदेखि परेको अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खस्दा उनीहरु विस्थापित भएका हुन् ।

पहिरोले केही गोठमा क्षति पुर्‍याएको र घरसमेत जोखिममा रहेको स्थानीयले बताएका छन् । विस्थापित परिवारलाई नजिककै जनता बाल निकेतन मावि पिपलपाटामा बस्ने व्यवस्था मिलाइएको छ ।

 
 
  
 

You may also like