रञ्जन कोइराला प्रकरण : मुद्दा पुनरावलोकनका लागि अनुमति

काठमाडौं । पत्नी हत्या अभियोगमा कैद मिनाहा भएर बिहीबार छुटेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाविरुद्धको मुद्दा पुनः अघि बढाउन सर्वोच्च अदालतले अनुमति दिएको छ ।

सर्वोच्चको आइतबारको पूर्ण इजलासले सरकारले पुनरावलोकनका लागि दिएको निवेदनलाई अघि बढाउन अनुमति दिएको हो ।

न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी
न्यायाधीशहरु बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो ।

पत्नी गीताको हत्या गरेका कोइरालालाई जिल्ला अदालत र पुनरावेदन अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीले १५ असारमा कोइरालाको सजाय घटाउँदै ८ वर्ष ६ महिना कायम गरेको थियो । सर्वोच्चको फैसलाअनुसार ८ साउनमा कोइराला रिहा भएका छन् ।

सर्वोच्चको फैसला त्रुटीपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो । कोइरालालाई सजाय छुट दिइ रिहा गरिएको विषयमा अहिले सर्वत्र विरोध र आलोचना भइरहेको छ ।

 
 
  
 

You may also like