सेवा सुविधा नपाएको भन्दै प्याब्सनले गर्यो बुटवलमा प्रदर्शन

बुटवल । प्याब्सन तथा एन प्याब्सनले शिक्षकहरुलाई साउनदेखि बेतली राखेको तथा सोभन्दा अघिको तलब नदिएको भन्दै शिक्षक तथा कर्मचारीहरुको यूनियन प्याब्सुले बुटवलमा विरोध प्रदर्शन गरेका छन् । सरकारले घोषणा गरेको सामाजिक सुरक्षामा सरिक नगराएको, कोरोना वीमा नगरेको तथा शिक्षक कर्मचारीहरुलाई सहयोग गर्नुपर्ने बेला सरकारसँग घुर्कि लगाएर आफूहरुमाथि नै अन्याय गरेको भन्दै बिरोध जुलुश गरेका हुन् ।

कार्यक्रममा प्याब्सुका केन्द्रीय सदस्य एवम् प्रदेश ५ का इन्चार्ज हरिप्रसाद पौडेलले नेपाली शैक्षिक क्षेत्रमा नीजि तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुको अतुलनीय योगदान रहेता पनि सरकार र विद्यालय सञ्चालकहरुको लापारवाहीको कारण सडक आन्दोलनमा उत्रन बाध्य रहेको बताए । उनले आफ्ना मागहरु सम्बोधन नभए कडा आन्दोलन गर्ने समेत चेतावनी दिए।

त्यसैगरी प्याब्सुका प्रदेश ५ का अध्यक्ष लेखनाथ पौडेल, अभिभावक महासंघका केन्द्रीय अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन प्रदेश ५ का सचिव लालहरि पाण्डेय र प्रगतिशील लेखक संघ, नेपालका केन्द्रीय सदस्य मीनबहादुर रानाले निजी तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुलाई यतिबेला सक्दो सहयोग गर्नुपर्ने, उनीहरुको मागलाई बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम प्याब्सु रुपन्देहीका अध्यक्ष विष्णु गौतमको अध्यक्षता र कृष्ण पाण्डेयको सञ्चालनमा भएको थियो ।

 
 
  
 

You may also like