लायन्स क्लव अफ बुटवल मणिमुकुण्डद्वारा वृक्षारोपण

बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुण्ड युथले शनिबार बुटवल हिलपार्कमा वृक्षारोपण गरेको छ। बर्षको पहिलो कार्यक्रम अन्तर्गत हिलपार्कमा दिनहुुँ हजारौं सर्वसाधारणले मर्निङ वाल्क गर्ने हुँदा सो लाइ ध्यानमा राखी साझ बिहान कुनै पनि बेला अक्सिजन फाल्ने रुखले परिचित निमको बिरुवा त्यहाँ रोपिएको क्लबका अध्यक्ष यदुमणी पोख्रेलले जानकारी दिए।

सो कार्यक्रममा प्रमुख अतिथी रिजन चियर पर्सन भरत श्रेष्ठ साथै बिशिस्ट अतिथी जोन चियर पर्सन भुपेन्द्र क्षत्री(हरि) को उपस्थिति रहेको थियो। क्लबका संस्थापक अध्यक्ष एवं डिस्ट्रीक डिपार्टमेन्ट चिफ कमल थापा क्षत्रीको नेतृत्व यस कार्यक्रमलाइ सफल तुल्याउन क्लबका डाइरेक्टर केदार प्रसाद खनाल ज्युले संयोजक लिनुका साथै स्वागत मन्तव्य गर्नु भएको थियो।

यस क्लबले बिगत देखी नै राम्रो राम्रो काम गरेर आफुलाइ स्थापित गरि सकेको भन्दै डिस्टृक ३२५बि २ रिजन ३३ का चियर पर्सन भरत श्रेष्ठले सराहनिय गर्नु भएको थियो। त्यस्तै जोन चियर पर्सन हरि क्षत्रीले बिगतको भन्दा अझै धेरै उच्च स्तरीय काम गर्न सुझाव दिदै आफ्नो पुर्ण समर्थनर र सहयोग सदा रहने छ भन्दै हौसला प्रदान गर्नु भयो। क्लबका सम्पुर्ण पुर्ब अध्यक्ष ज्युहरु साथै क्लबका पदाधिकारीहरुको र लियो क्लब मणिमुकुन्द युथका रिजन चियरपर्सन सन्तोष खरेनको गरिमामय उपस्थिति रहेकोे सो कार्यक्रमको सञ्चालन क्लबका सचिव लेखनाथ बस्यालको रहेको थियो ।

 
 
  
 

You may also like