सामाजिक सुरक्षा भत्ता दिनुपर्ने पुर्व सैनिकहरुको माग

बुटवल । असार महिनासम्म नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता आउँदो साउनदेखि कटौती गर्ने भएपछि विदेशी पेन्सनरहरूले आपत्ति जनाएका छन् । यही असार १७ गते नेपाल सरकारले निर्णय गरी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई निर्देशन दिएको भन्दै पूर्वसैनिक संगठनले गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका हुन् ।

सरकारले यो निर्णयले खास गरी गोर्खा भूपू सैनिकप्रति राज्यले अनागरिकसरहको व्यवहार गरेको राष्ट्रिय पूर्वसैनिक संगठनका अध्यक्ष क्याप्टेन भीमबहादुर रानाले बताए । गोर्खा भूपू सैनिकले विदेशमा गरेको सेवा र कर्मबापत राज्यले ठूलो रेमिट्यान्स प्राप्त गरेको भन्दै अध्यक्ष रानाले भूपूहरूले प्राप्त गर्ने सुविधाप्रति नेपाल सरकारको कुदृष्टि आफूहरूलाई सैह्य नहुने उल्लेख गरे ।

बुटवलमा बुधबार आयोजित गौर्खा पूर्व सैनिकप्रति नेपाल सरकारले लिएको नीति तथा समिक्षा विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष रानाले सामाजिक सुरक्षा भत्ताका बारेमा गोर्खा पूर्व सैनिकहरुलाई दोस्रो दर्जाको नागरिक सरह हुने गर्ने लिएको निर्णय तत्काल फिर्ता नलिए थप कडा आन्दोलनमा उत्रने चेतावनी दिए । यसै गरी राष्ट्रिय जनमुक्ति पार्टीको केन्द्रीय उपाध्यक्ष दलबहादुर विरकट्टा मगरले मुलुकका लागि रेमिट्यान्स भित्र्याउन ठूलो योगदान गरेका पूर्व सैनिकहरुलाई सरकारले उचित सम्मान गर्नु पर्ने विचार व्यक्त गरे । गार्खा भर्तिका कारण राज्य तथा राज्यका सञ्चालकहरुले प्रशस्त लाभ लाभ लिन सफल भएपनि उनिहरुले भोग्नु परेका समस्याहरुका बारेमा राज्यका सञ्चालकहरुले कहिल्यई भम्भीर भएन नसोचेको अरोप लगाए ।

अन्तरक्रियामा अल नेपाल भारतीय पूर्व सैनिक संगठनका सह अध्यक्ष चन्द्रबहादुर महत, राष्ट्रिय पूर्व सैनिक संगठनका वरिष्ठ उपाध्यक्ष बलबहादुर थापा, सचिव स्यामबहादुर थापा लगायत उपस्थित पूर्व सैनिकहरुले विचार व्यक्त गर्दै सामाजिक सुरक्षा भत्ता कटौती गरेको प्रति विरोध जनाएका थिए । संगठनले सरकारले गरेको निर्णयप्रति विरोध जनाउँदै यही साउन २ गते बुटवलमा विरोध प्रदर्शन गर्ने भएको छ ।

 
 
  
 

You may also like