थप ७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६,७१९ पुग्यो

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएका ७० सहित नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४३१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको संख्या ८,४४२ पुगेको छ । कुल संक्रमितमध्ये ३६ जनाको मृत्यु भएको छ ।

 
 
  
 

You may also like