बुटवल । रोट्याक्ट क्लव अफ लुम्बिनी स्टार्सको चार्टर सेरोमोनी सम्पन्न गरिएको छ । रोट्याक्ट क्लव अफ लुम्बिनी स्टार्सको अध्यक्ष बिमल ढकालको नेत्तृवमा ३५ जना नयाँ सदस्यहरुलाई चार्टर प्रमाण पत्र र रोट्याक्ट पिन लगाएर स्वागत गरिएको थियो ।
कार्यक्रममा जोन १२ का जेडआरआर धनन्जय बण्रवाल, रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्टेल, रोटरी क्लव सेन्टल बुटवलका अध्यक्ष बाबुराम भट्टराई, रोटरी क्लव सेन्टल बुटवलका निवर्तमान अध्यक्ष राजेन्द्र कार्की, रोटरी बर्ष २०१९–२० जोन १६ का ए.जी. इन्द्र रिसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
रोटरी क्लव अफ लुम्बिनी स्टार्सको संस्थापक अध्यक्ष यादव भण्डारीले नव निर्वाचित अध्यक्ष बाल कृष्ण पाण्डेलाई कलर लगाएर पदहस्तारण गरेका थिए ।
कार्यक्रममा रोटरी बर्ष २०२०–२१ को क्लव डारेक्टरीको विमोचन पनि गरिएको थियो । कार्यक्रम क्लवका प्रेसिडेन्ट इलेक्ट तथा कार्यक्रम संयोजक सुमन बस्यालको स्वागत, रोटरी बर्ष २०२०–२१ का सचिव बिक्रम क्षेत्रीको धन्यवाद तथा रोटरी बर्ष २०१९–२० का सचिव मुक्तिराम पन्थीको सञ्चालनमा सम्पन्न भएको हो ।
रोट्याक्ट क्लव अफ लुम्बिनी स्टार्सको अध्यक्षमा ढकाल
375
previous post

